• ११ असोज २०८१, शुक्रबार

किशोरी माथि आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ

blog

फिदिम, असोज २७ गते । पाँचथरको मिक्लाजुङ गाउँपालिका– २ की १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोग लागेका एक युवालाई प्रहरीले पक्राउ परेको छ ।

झापाको बिर्तामोड १० घर भएका २८ वर्षीय सुमन राई जिल्ला प्रहरी कार्यालय पाँचथरले बिर्तामोडबाट पक्राउ गरेको जनाएको छ । उनी विरुद्ध कक्षा १० मा अध्ययनरत ती किशोरीको नामबाट नक्कली फेसबुक बनाएर अश्लील सामग्री पोस्ट गरेर चरित्र हत्या गर्दै आत्महत्या गर्न बाध्य बनाएको उजुरी परेको छ ।

निरन्तर चरित्र हत्या गर्न थालेपछि बालिकाले गत भदौ २७ गते झुन्डिएर आत्महत्या गरेको मृतकका बुबाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको जाहेरीमा उल्लेख छ । राई माथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी जानकारी दिनुभयो ।


Author

राधा लुइँटेल