• ११ असोज २०८१, शुक्रबार

पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो

blog

पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज २६ गते। निरन्तरको वर्षापछि गएको पहिरोले अवरुद्ध  मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड सुचारु  भएको छ। 

बुधबार दिउँसो २ बजेपछि स्थानीय निकाय र प्रशासनको अग्रसरतामा सडक खुलेको हो। पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै खसेको पहिरोले बुधबार बिहानैदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो। 

पहिरो पन्छाएर अवरुद्ध सडक खुलेपछि पाँचथरबाट ताप्लेजुङ र ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापा पुग्ने सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सडक खुलेपछि अहिले निर्बाध रूपमा सवारी सञ्चालन भएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।