• १३ साउन २०८१, आइतबार

विश्वकर्माको स्मरणमा सवारी साधन र औजारको पूजागरिँदै (फोटो फिचर)

blog

तस्बिर : केशब गुरुङ र सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १ गते । आश्विन सङ्क्रान्तिका दिन आज सवारी साधन र कलकारखानामा प्रयोग हुने धातुजन्य औजार उपकरणको पूजा गरी विश्वकर्मा पूजा गरिदैं छ । हरेक वर्ष आज अर्थात् असोज १ गतेका दिन यो पूजा गर्ने गरिन्छ । 

समुन्द्र मन्थनबाट निस्किनुभएका भगवान् विश्वकर्मालाई स्मरण गरी आज औजार तथा धातुजन्य उपकरणको पूजा गर्नाले राम्रो हुने विश्वास गरिन्छ । आजको दिन नयाँ सवारी साधन खरिद गर्नेले विभिन्न शक्तिपीठमा गएर विश्वकर्मा बाबाको सम्झनामा पूजापाठ गरेका छन् । काठमाडौँको भद्रकाली, दक्षिणकाली लगायतका शक्तिपीठमा गएर सवारी साधनको पूजा गरिएको छ । 

द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसहरूले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्मा बाबाले समुन्द्रको बीचमा भेद द्वारका बनाई संरक्षण गरेको धार्मिक विश्वास देखिन्छ । सोही बेलादेखि विश्वकर्मा पूजाको सुरुवात भएको मान्यता पनि छ ।