• १३ साउन २०८१, आइतबार

वितण्डा गर्ने राँगो ९१ हजारमा बिक्री

blog

डाक लिलामबाट बिक्री भएको राँगो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, भदौ २३ गते। तपाईंले जग्गा जमिन र कलकारखानालगायत सम्पत्ति डाक लिलाम प्रक्रियाद्वारा बिक्री भएको सुन्नुभएको होला। एउटा चौपाया डाक लिलामबाट बिक्री भएको कुरा धेरैका लागि अनौठो विषय हो। 

धनुषाको मिथिला नगरपालिकाले डाक लिलाम प्रक्रियाबाट एउटा राँगो बिक्री गरेको छ। बिहीबार डाक बढाबढबाट नगरपालिकाले ९१ हजार रुपियाँमा एउटा राँगो बिक्री गरेको हो। 

मिथिला नगरपालिका–३, हरिहरपुरमा राँगोले मानवीय क्षति गर्न थालेपछि नगरपालिकाले भदौ ४ गते नियन्त्रणमा लिएको थियो। 

नगरपालिकाको नियन्त्रणमा रहेको राँगो प्रमाणसहित हकदाबी गर्न सात दिने सार्वजनिक सूचना जारी गरेको थियो। तर, सो अवधिसम्ममा राँगो हकदाबी गर्न कोही नआएपछि नगरपालिकाले डाक लिलाम चढाएको थियो।