• ११ असोज २०८१, शुक्रबार

एक सय ८० जनालाई पीपीआर तालिम

blog

सन्तोष राउत

सोलुखुम्बु, भदौ २३ गते । शेर्पा बालबालिका सहायता सङ्घले सोलुखुम्बुका १८० जना भन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धीको तालिम (पीपीआर) प्रदान गरेको छ । सङ्घले विभिन्न समयमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र प्रहरीलाई गरी एक सय ८० जनालाई उक्त तालिम प्रदान गरेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार थुलुङदूधकोशी गाउँपालिकाको नेले क्षेत्रका माध्यमिक विद्यालयका एकसय जना शिक्षक र विद्यार्थी, १५ जना प्रहरी र स्वास्थ्यकर्मी तथा सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरीमा ५० जना प्रहरी र १५ जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । 

उहाँहरूलाई ग्रान्डी इन्टरनेशनल अस्पताल काठमाडौँको सहयोगमा व्यक्ति बेहोस भई मुटुको धड्कन नचलेको अवस्थामा कसरी बचाउन सकिन्छ लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्राथमिक उपचारको सहयोगमा तीन चौथाइ आकस्मिक दुर्घटना वा बिरामीको अवस्थामा जीवनरक्षामा उल्लेख्य योगदान गर्न सकिन्छ भन्ने अध्ययनले देखाएको छ । 

प्राथमिक उपचारका तालिमलाई जनस्वास्थ्यको कार्यक्रमको रूपमा सञ्चालन गरेका एसिया देशको अध्ययनअनुसार सडक दुर्घटनामा परेका गम्भीर घाइतेमध्ये करिब चालिस प्रतिशतलाई घटनास्थलमा उपस्थित व्यक्तिले प्राथमिक उपचार उपलब्ध गराएका थिए ।