• १२ साउन २०८१, शनिबार

रोचक कथा बोकेको ‘दोबारा’

blog

काठमाडौँ, भदौ ५ गते । चलचित्र ‘दोबारा’को कथा रोचक बनेको छ। चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई उत्साह जगाउने काम गर्छ। यो एउटा थ्रिलर चलचित्र हो, जसमा तापसी पन्नु, पावेल गुलाटी, राहुल भट्ट जस्ता कलाकारको अभिनय देख्न सकिन्छ। स्पेनिस चलचित्र ‘मिराज’को रिमेक हो ‘दोबारा’ ।

कथा सन् १९९६ मा पुणाको हिंजवाडी सहरको हो। १२ वर्षको अनय (पंकज राजपूत) चक्रवात आउने भविष्यवाणीको बीचमा आफ्नो बुबाको भिडियो देखेर धेरै नै खुसी हुन्छन्। त्यही रात अत्यधिक वर्षाको बीचमा उसले आफ्नो छिमेकी राजा घोष (शाश्वत चटर्जी)ले हत्या गरिरहेको देख्छ। राजाले उनलाई समात्न अघि बढ्दा तीव्र गतिमा आइरहेको दमकलको गाडीले ठक्कर दिँदा उनको मृत्यु हुन्छ। त्यहाँबाट कथा सन् २०२१ मा मोडिन्छ। अस्पतालमा नर्स अन्तारा अवस्थी (तापसी पन्नु) आफ्ना श्रीमान् विकास (राहुल भट्ट) र होटलमा काम गरिरहेकी छोरीसँगै बस्छिन्। उनीहरूलाई थाहा हुन्छ कि यो त्यही घर हो जहाँ अनय बस्ने गर्थे। अन्तराले अनयको विगतको बारेमा थाहा पाउँछिन्। 

कथामा ट्विस्ट तब आउँछ जब दुवै जना टीभीबाट एक–अर्कासँग कुरा गरिरहेका हुन्छन्। यति धेरै वर्षपछि विगत फेरि दोहोरिन्छ। अनयले फेरि छिमेकीको घर जान खोज्छ, तर यस पटक तापसीले उसलाई बचाउँछिन्। यसपछि के हुन्छ भन्ने कुराको कथामा चलचित्र आधारित छ। तापसीले आफ्नो भूमिकामा न्याय गरेकी छिन्। उनको अभिनय चलचित्रमा अत्यन्त महत्वपूर्ण छ। विकासको भूमिकामा राहुल भट्टको अभिनय बिर्सन नसकिने खालेको छ। उनको चरित्र दुवै संसारमा रोचक बनेको छ। 

चलचित्रको कथामा बब विश्वासको भूमिकामा देखिएका शाश्वत चटर्जीको अभिनयले दर्शकलाई सिनेमाघरमा तीन घण्टा बाँधिराख्न बाध्य बनाउँछ। पंकज राजपुतले गरेको विभिन्न किसिमका भूमिकाले दर्शकमा झन् उत्साह जगाउने काम गर्छ। चलचित्रमा टाइम ट्राभल देखाइएको छ भने एक हत्याको रहस्यलाई पनि चलचित्रमा समावेश गरिएको छ। चलचित्र हेरेपछि दर्शक दुवैका बारेमा जान्न आतुर हुन्छन्। 

चलचित्रको विशेषता नै यो हो कि यसले सुरुदेखि अन्त्यसम्म दर्शकमाझ कुतूहलता जगाइरहन्छ। चलचित्र हेरेर दर्शक बोर हुँदैनन्। चलचित्रको निर्देशन र पटकथा उत्कृष्ट छ। निर्देशक अनुराग कश्यप सधैँ अलग–अलग कथाको विषयमा चलचित्र बनाउने गर्छन्। यसमा पनि उनले केही नयाँ प्रयोग गर्न खोजेका छन्।