• १३ साउन २०८१, आइतबार

पोखरामा पर्यटन कलेजको खोजी

blog

काठमाडौँ, साउन २६ गते । पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँको खोजी सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको नेतृत्वमा गएको टोलीले पोखरामा कलेजका लागि उपयुक्त विभिन्न ठाउँको बुधबार अवलोकन गरेको हो । सो अवसरमा मन्त्री श्रेष्ठले चालू आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो । 

पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)बीच हालै भएको सम्झौताअनुरूप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । सङ्घीयताको मर्मअनुसार प्रतिष्ठानको सेवा विस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्ने गरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताउनुभयो ।