• २८ वैशाख २०८३, सोमबार

शान्तिपुर–रोहटेखोला सडक १७ दिन बन्द हुने

blog

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख २८ गते।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत कार्यान्वयन भैरहेको पूर्तिघाट–फोक्सिङ्ग–ग्वाघा–शान्तिपुर–रोहटेखोला–बाग्लुङ्ग सडक अन्तर्गत पर्ने शान्तिपुर–रोहटेखोला सडक १७ दिन बन्द हुने भएको छ। स्तरोन्नतिको काम भैरहेको हुँदा यहि वैशाख ३० गतेदेखि यस सडक बन्द हुन लागेको हो।

निर्माण व्यवसायी जय मातादि आर.आर.कन्ट्रक्सनले यहाँ निर्माण कार्य भइरहेको हुँदा आवश्यक सहजीकरणका लागि आग्रह गरेको थियो। यस शान्तिपुर–रोहटेखोला सडक ढलानको कार्य वैशाख ३० गतेदेखि सुरु हुन लागेको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त सडक जेठ १५ गतेसम्म चौवीसै घण्टा बन्द हुनेछ। यस समयावधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन आग्रह गरिएको छ। निर्माणको समयमा वैकल्पिक मार्गको रुपमा शान्तिपुर–थप्लुङ्गरोहटेखोला सडक प्रयोग आग्रह गरिएको छ।