• २५ वैशाख २०८३, शुक्रबार

शिक्षकलाई प्रशिक्षण

blog

सल्यान समाचारदाता

सल्यान, वैशाख २५ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले वनगाढ कुपिन्डे नगरपालिकाले विषयगत शिक्षक क्षमता विकास प्रशिक्षण दिएको छ । नगरपालिकाले अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकका लागि पाँचदिने प्रशिक्षण सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

गणित शिक्षक सन्तोष शर्माले तालिमबाट सैद्धान्तिक ज्ञानलाई सरल र कथावस्तुमा आधारित ढङ्गले विद्यार्थीलाई सिकाउने विधि सिक्न पाएको बताउनुभयो । उहाँले शिक्षकलाई समय समयमा यस्ता तालिम प्रदान गरिनु सकारात्मक भएको उल्लेख गर्नुभयो । वनगाढ कुपिन्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले पालिकाभित्र शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 

शिक्षा शाखाका वरिष्ठ शिक्षा अधिकृत टीकाराम आचार्यले यस वर्ष शिक्षक तालिम, अभिभावकसँग अन्तर्क्रिया तथा विद्यालय व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार विद्यालय सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र लेखापालको सहभागितामा व्यवस्थापन तालिम तथा सूचना प्रविधि (आइटी) स्रोत शिक्षक क्षमता विकास तालिमसमेत सञ्चालन गरिने छ । प्रत्येक विद्यालयमा ई. हाजिरी व्यवस्थापन लागु गर्ने तयारी गरेको छ । पालिकाले यही महिनाभित्र १६ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर सेट तथा १३ वटा विद्यालयलाई सोलार सेट उपलब्ध  गराउने तयारी गरको प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिनुभयो ।