शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह(सप्तरी), वैशाख १४ गते । सप्तरीमा एक जना सशस्त्र प्रहरी हवलदारको सोमबार बिहान लडेर ज्यान गएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिकाको वडा नम्बर ५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत ३५ वर्षीय हवलदार जितेन्द्र यादवको शौचालय जान लाग्दा लडेर ज्यान गएको सशस्त्र प्रहरी गण नम्बर ६ हेडक्वाटरका प्रमुख एसपी रोशन बुढाथोकीले जानकारी दिनुभयो ।
गम्भीर घाइते हुनुभएका भएका उहाँलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।
उहाँलाई चिकित्सकले मृत घोषणा गरेको हो । मृतक बारा जिल्लाको रहेको गणमा कार्यरत हुनुहुन्थ्यो ।