• ७ जेठ २०८१, सोमबार

क्याम्पसमा शत प्रतिशत नतिजा

blog

तस्बिरः गोरखापत्र

बागलुङ, साउन ८ गते । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विविए पाँचौ सेमेस्टरमा शत प्रतिशन नतिजा निकालेको छ । 

त्रिभुवन विश्व विद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी २८ जना सबै विद्यार्थी उत्र्रिण भएका हुन । विस २०७५ सालदेखि धौलागिरि क्याम्पसले विविए विषयको पठन पाठन सुरु गरेको थियो । 

अघिल्ला सबै सेमेस्टरका परीक्षामा पनि ८० प्रतिशतमाथि नतिजा ल्याउन सफल भएपनि यस पटक सबै विद्यार्थी उत्कृष्ट अंकका साथ पास भएको धौलागिरि बहुमुखी क्याम्पस विविए कार्यक्रम संयोजक विप्लव शर्माले जानकारी दिनुभयो । 

पहिलो ब्याज अहिले सातौँ सेमेस्टर अध्ययन गरिरहेको छ । विश्वविद्यालयले प्रकाशन गरेको नतिजा पाँचौँ सेमेस्टरको हो । गण्डकी प्रदेश अन्तर्गत रहेका त्रिभुवन विश्व विद्यालय अन्तर्गत शत प्रतिशत नतिजा निकाल्ने धौलागिरि क्याम्पस भएको शर्माको दावी छ । पास हुने अधिकांस विद्यार्थीले अधिकत ३.९२ र न्युनतम ३.३१ जिपिए ल्याएका छन् । 

विविए कार्यक्रमका सबै सेमेस्टरमा १२८ जना विद्यार्थी अध्ययनरत छन । शत प्रतिशत नतिजा क्याम्पसको शैक्षिक गुणस्तर सुधारको संकेत भएको क्याम्पस प्रमुख प्रा.डा रामप्रसाद उपाध्याको भनाई छ । 

Author

नवीन शिशिर