कविराज घिमिरे
हिले, चैत ४ गते । गत शुक्रवार वाट बन्द रहेको भेडेटार राजारानी रविराके सडक बुधवारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सुख्खा पहिराको निरन्तर झरेका कारण भेडोटार थुम्की खण्डमा पर्ने लभडाँडामा सडक अवरुद्ध भएको थियो ।यो स्थान भेडेटारवाट करिब अढाइ किलो मिटरको दूरीमा रहेको छ ।
करिब एक सय मिटर क्षेत्रमा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । पाँच दिनको निरन्तर प्रयास पछि पहिरो हटाएर सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।
उहाँको अनुसार नेपाल प्रहरी र सडक निर्माण गरीरहेको एप्को इन्फाटेक कम्पनीले सडक खुलाएको हो । निर्माणधीन सडकको माथिल्लो क्षेत्रमा गरिएको कटिङ गरिएको स्थानबाट निरन्तर पहिरो झर्दा सडक पूर्णरुपमा ठप्प भएको थियो ।
सडक सञ्चालनमा आएपछि धनकुटाको चौबिसे गाउँपालिकाको माथिल्लो क्षेत्र तथा पाँचथरको पश्चिमी भागको माथिल्लो क्षेत्रका तर्फ यातायात सञ्चालनमा आएका साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।
धनकुटाको भेडेटार वाट पाँचथरको राके सम्म डाँडैडाँडा एक्जीन बैक अफ इन्डियाको सहयोगमा सम्म १०३ किलो मिटर सडक निर्माण भइरहेको छ ।