• २४ फागुन २०८२, आइतबार

सुशासन यात्रामा अविचलित रहने उप्रेतीको प्रतिबद्धता

blog

मकवानपुरको क्षेत्र नं २ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेति । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, फागनु २४ गते ।
मकवानपुरको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतिले सुशासन यात्रामा अविचलित रहने प्रतिबद्धता गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइतबार सार्वजनिक भएपछि उहाँले आफ्नो सम्पूर्ण कार्यकाल मकवानपुरको विकास र देशको सेवामा पूर्ण रूपले समर्पण गर्ने बताउनुभएको हो ।

उहाँले मतदाताप्रति आभार व्यक्त गर्दै यो मेरो मात्र होइन, तपाईँ–हामी सबैको साझा जित भएको बताउनुभएको छ ।

सुशासन, समुन्नति र विकासको यात्रामा म सदैव अविचलित रहने बाचा गर्दछु समाजिक सञ्जाल फेसबुकमा लेख्दे भन्नुभएको ३० हजार ५० अमूल्य मत प्रदान गरी मलाई निर्वाचित गराउनुहुने सम्पूर्ण मतदातासहित मकवानपुर–२ का आदरणीय जनसमुदायप्रति हार्दिक आभार ।

साथै उहाँले अबको हरेक कदम नागरिकको सल्लाह, सुझाव र मार्ग निर्देशन अनुसार नै अघि बढ्ने प्रतिबद्धतासहित आफूप्रतिको माया र विश्वासका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । 

उप्रेतिले ३० हजार ५० मत ल्याई निर्वाचित हुनुभएको छ । 
आइतबार बिहान सार्वजनिक मतगणनाको परिणाम अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत पाउनु भएको छ ।