• १९ फागुन २०८२, मङ्गलबार

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

blog

म्याग्दी,  फागुन १९ गते ।  रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाइजा र उहाँकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्व पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

जन्मथलो आउनुभएका पाइजा दम्पतीले बेग स्वास्थ्यचौकीका व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष बिलप्रसाद फगामीलाई अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो । 

उक्त रकमको ब्याजबाट स्वास्थ्यचौकीमा उपचारका लागि आउने विपन्नहरूको थप उपचारका लागि सहयोग गरिने वडाध्यक्ष फगामीले बताउनुभयो । उहाँका अनुसार थप उपचारका लागि बजारका अस्पतालमा जानुपर्ने विपन्नहरूका लागि यातायात खर्च, दुर्घटना, विपद् प्रभावितहरूलाई आकस्मिक अवस्थामा अक्षयकोषको रकम परिचालन गरिने भएको छ । रासस