शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १७ गते । बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षस्थानका चार अङ्कको अग्रता बनाएको छ ।
लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोलले हरायो । बार्सिलोनाको जितमा लामिन यमलले ह्याट्रिक गर्नुभयो । उहाँले २८औँ, ३७औँ र ६९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो ।
अर्को गोल रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्जुरी समयमा थप्नुभएको थियो । भिल्लारियलका लागि पापे गुयेले ४९औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो । जितसँगै बार्सिलोनाले २६ खेलबाट ६४ अङ्क बनाएको छ ।
एक खेल कम खेलेको रियल म्याड्रिड ६० अङ्कसहित दोस्रो स्थानमा छ । पराजित भिल्लारियल ५१ अङ्कसहित चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको पनि समान ५१ अङ्क छ ।