शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
घोराही, फागुन १७ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ ।
मतगणनाका लागि घोराहीस्थित दाङ जिल्ला अदालत कार्यालय भवनको तेस्रो तल्लामा स्थान तय गरिएको छ । मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको प्रदेश निर्वाचन कार्यालय का सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भनेप्रदेश स्थल वरिपरि तारजाली लगाएर व्यवस्थित बनाइएको छ ।
निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरिएको जनाइएको छ । मतगणना कार्य निर्वाचन सम्पन्न भएपछि निर्धारित समयअनुसार सुरु गरिने जानकारी पनि दिइएको छ ।