• १७ फागुन २०८२, आइतबार

आगलागीमा दस लाखभन्दा बढीको क्षति

blog

रूपनी गाउँपालिकामा भएको आगलागी । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), फागुन १७ गते ।
जिल्लाको रुपनी गाउँपालिका ६ इटाभट्टा टोलमा शनिबार आगलागी हुँदा दस लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागीमा स्थानीय सर्मिला घिसिङ तामाङको एक घर र दुई वटा गोठ, कुमार घिसिङ तामाङ एक घर र नवीन बम्जनको एक घर गरी पाँच वटा घर जलेर नष्ट भएको हो ।

आगलागीमा परी दिनेश पाख्रीनकी तीन वर्षीया छोरी सिमा पाख्रीन सामान्य घाइते हुनुभएको छ । आगोले पोलेर घाइते हुनुभएको बालिकाको स्थानीय अस्पतालमा उपचारपछि घर ल्याइएको उहाँको परिवारले जानकारी दिनुभएको छ ।

आगलागीमा सर्मिलाको नगद ५० हजार र कुमारीको ३० हजार गरी ८० हजार नगदसहित भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री जलेर खरानी भएपछि १० लाखभन्दा बढीको क्षति प्रहरीले जानकारी दिनुभएको छ ।

घाइते बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा आगलागीका कारणबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।