शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १६ गते । शुक्रबारबाट चलचित्र ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर निर्देशन गर्नुभएको चलचित्र अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सङ्घर्ष र सफलताको कथामा आधारित छ ।
राजेश हमालको मुख्य भूमिका रहेको चलचित्रमा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एन्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटीलगायतका कलाकारको अभिनय रहेको छ । अमृत बिसुवाको छायाङ्कन रहेको चलचित्रमा राम अधिकारीको सम्पादन र नवीन कार्कीले सङ्गीत दिनुभएको छ ।