• १६ फागुन २०८२, शनिबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन १६ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ४७ पैसा र बिक्रीदर १७२ रुपियाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ८२ पैसा र बिक्रीदर १९६ रुपियाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८८ रुपियाँ ८४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ २७ पैसा र बिक्रीदर १०३ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ २५ पैसा र बिक्रीदर १०६ रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ७७ पैसा र बिक्रीदर ११५ रुपियाँ २४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १८ पैसा र बिक्रीदर २१ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७३  पैसा र बिक्रीदर ३८ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८६ पैसा र बिक्रीदर ४० रुपियाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६७ पैसा र बिक्रीदर चार रुपियाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९५ पैसा र बिक्रीदर २३ रुपियाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ २९ पैसा र बिक्रीदर ३८६ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७८ रुपियाँ ९० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस