शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिड्नी, फागुन १५ गते । सिड्नीमा भारी वर्षापछि आएको बाढीमा फसेका ४० भन्दा बढीको उद्धार गरेको बताउदै अधिकारीले अचानक बाढी आउदा बिजुलीसमेत कटौती भएको जनाएका छन् । न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस)ले बिहीबारदेखि शुक्रबारसम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताइएको छ ।
केही उपनगरमा तीन घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि सिड्नी महानगरीय क्षेत्रमा सहयोगका लागि कल आएको एसइएसले जनाएको छ । आकस्मिक बाढीले प्रमुख सडक खण्डलाई प्रभावित बनाउनुका साथै विद्युतिय पुर्वाधारका र भौतिकं सम्पत्तिमा क्षति गरेको जनाइएको छ । मौसम विज्ञान ब्यूरो (बिओएम)ले सिड्नीमा शुक्रबारको अधिकांश समय मेघ गर्जन जारी रहने र ७० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । रासस/सिन्ह्वा