• १५ फागुन २०८२, शुक्रबार

प्युठानका आठ पालिकाले दिए सार्वजनिक बिदा

blog

सुजल श्रेष्ठ
प्युठान, फागुन १५ गते ।
जिल्लाका आठ वटा स्थानीय तहले मगर दिवसका अवसरमा शुक्रबार स्थानीय बिदा दिएको छ । ४४ औं मगर दिवसका अवसरमा पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने पालिकाहरुले निर्णय गरेको हो ।

प्युठान नगरपालिका, सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकाले सूचना जारी गर्दै स्थानीय बिदा दिर्ने निर्णय गरेको हो ।

मगर दिवसको अवसरमा सरुमारानी गाउँपालिका–४ बड्डाँडामा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । गाउँपालिकाको सहयोगमा नेपाल मगर संघले विशेष कार्यक्रम गर्न लागेको गाउँपालिकाका प्रवक्ता एवं ४ नम्वर वडाका वडा अध्यक्ष चिन्त सोमैले जानकारी दिनुभयो ।