काठमाडौँ, फागुन १४ गते ।निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
आगोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
आयोगले फागुन २१ गते हुने निर्वाचनमा अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राख्न आयोगको निर्देशन छ ।
“प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको जानकारीका लागि अनुरोध छ।”