• ६ फागुन २०८२, बुधबार

निर्वाचनमा खटिएका सेना लिएर गएको बस दुर्घटना : २४ जना घाइते

blog

दुर्घटनाग्रस्त बस । तस्बिरः निरोज कोइराला रासस

भोजपुर, फागुन ६ गते । निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ । बुधबार दिउँसो भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।   

सेना बोकेको ना. ४ ख. ७३१७ नम्बरको  बस दुर्घटना  हुँदा २४ जना घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौँ पठाइएको छ ।