• ६ फागुन २०८२, बुधबार

हक्कीमा मधेशलाई सफलता

blog

काठमाडौँ, फागुन ६ गते  । मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा जित पारेको छ । दशरथ रङ्गशालामा जारी प्रतियोगितामा मधेशले बागमती प्रदेशलाई ४–० गोलले हरायो । 

मधेशको जितमा रुपेश राईले दुई तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले एक एक गोल गर्नुभयो । नेपाल हक्की सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो ।

सुदूरपश्चिमका किशोरराज ओझाले दुई तथा आयुश शाहले एक गोल गर्नुभयो । कोशीका सौरव दंगाल र विसु घिमिरेले गोल गर्नुभयो ।

महिलामा कोशी र बागमतीले गोलरहित बराबरी खेले । सुदूरपश्चिमले मधेशलाई १–० गोलले पाखा लगायो । सुदूरुपश्चिमको जितमा बन्दना भट्टले निर्णायक गोल गर्नुभयो ।