• ६ फागुन २०८२, बुधबार

जाली नोटसहित मियाँ पक्राउ

blog

सुनसरीमा बरामद भएको जाली नोट ।

जयकृष्ण यादव 

इनरुवा, फागुन ६ गते । सुनसरीको इनरुवा नगरपालिकामा पाँच सय दरको आठ थान जाली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको इनरुवा नगरपालिका–५, बलाहास्थित सब्जी बजारमा सब्जी खरिद गरी जाली नोट दिएको सूचनाको आधारमा इनरुवा–१०, जल्पापुरका २५ वर्षीय आजाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरी टोलीले मियाँलाई चेकजाँच तथा खानतलासी गर्दा जाली नोट ५०० दरका आठ थान गरी चार हजार रुपियाँ फेला पारेको छ । मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।