• ६ फागुन २०८२, बुधबार

विद्यार्थीलाई पोशाक र सोलार सेट

blog

बैँकले उपलब्ध गराएका पोशाक लगाएर सामुहिक तस्बिर खिचाउँदै जागृतिका विद्यार्थी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन ६ गते । नेपाल इन्भेस्टमेन्ट मेगा बैँक फिदिम शाखाले पाँचथरको फिदिम नगरपालिका वडा ४ मा सञ्चालन भइरहेको जागृति आधारभुत विद्यालयका छात्र छात्रालाई पोशाक र सोलार सेट उपलब्ध गराएको छ ।

बैँकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहाँ अध्ययनरत १सय २३ छात्र छात्रालाई ट्राक सुट र टि सर्ट सहित ६ वटा बत्ती बाल्न सकिने १ सय ५० वाट क्षमताको सोलार सेट र ब्याट्री उपलव्ध गराएको हो ।

विपन्न, दलित, सीमान्तकृत र अल्प सङ्ख्यक समुदायसँगै विभिन्न कारण अविभावकसँग टाढिएका विद्यार्थी अध्ययनरत जागृतिका विद्यार्थीलाई फिदिमका मेयर मित्रप्रसाद काफ्ले, वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती र शाखा प्रमुख छत्र निरौला लगायतले पोशाक र सोलार सेट उपलव्ध गराउनुभएको थियो ।