कोकिला ढकाल
इलाम, फागुन ५ गते । फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् । इलाम क्षेत्र–२ मा पर्ने माङ्सेबुुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङ आज नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुुभएका नेम्वाङले देशको भविष्य र जिल्लाको विकासका लागि ठुलो दल आवश्यक रहेको र त्यो एमालेबाट सम्भव देखिएको भन्दै आफु नेकपा (एमाले) मा प्रवेश गरेको बताउनुुभयो ।
माङ्सेबुुङ गाउँपालिकामा आयोजित एक चुनावी सभामा एमाले केन्द्रीय सदस्य राम रानाले नेम्वाङलाई एमालेमा स्वागत गर्नुभयो । यसैबिच माइजोगमाई गाउँपालिका –३ का वडाध्यक्ष राम घिमिरे पनि एमालेमा प्रवेश गर्नुुभयो । नेपाली कांग्रेस परित्याग गरी घिमिरे एमालेमा प्रवेश गर्नुभएको हो । घिमिरेलाई एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले दमकमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउनुुभयो ।