• ३ फागुन २०८२, आइतबार

एम्पुटी फुटबल च्याम्पियनसिप सोमबारदेखि

blog

तस्बिर : एम्पुटी खेलकुद समाजको फेसबुकबाट

काठमाडौँ, फागुन ३ गते । एम्पुटी खेलकुद समाज नेपालको आयोजानमा सोमबार र मङ्गबालर एम्पुटी फुटबल च्याम्पियनसिप हुने भएको छ । 

सातदोवाटोस्थित एन्फा मैदानमा हुने दुई दिने प्रतियोगितामा बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र विभागीय टोली आर्मीसहित चार टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा समाजका संस्थापक डिल्लीबहादुर विष्टले जानकारी दिनुभयो । 

सेभेन ए साइड ढाँचाको प्रतियोगिता २५/२५ मिनेटको हुनेछ । प्रतियोगिता नकआउटका आधारमा खेलाइने एम्पुटी फुटबल प्रशिक्षक चक्रबहादुर तामाङले बताउनुभयो । शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिका लागि यस्ता खाले प्रतियोगिताले छुट्टै आत्मविश्वास जगाउने समाजकी उपाध्यक्ष निर्मला भण्डारीले बताउनुभयो । 

प्रतियोगिताकालाई विश्व एम्पुटी फुटबल महासङ्घ (वाफ) र फिफा फाउन्डेसनले सहयोग गरेको छ । प्रतियोगिताका विजेता टोलीलाई १० हजार र विधागत उत्कृष्टलाई जनही पाँच/पाँच हजाररुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।