• १ फागुन २०८२, शुक्रबार

मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरको निलम्बन फुकुवा

blog

मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर ।

विजयकुमार साह

ढल्केबर, फागुन १ गते । मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरको निलम्बन फुकुवा भएको छ । मधेश प्रदेश सभा सचिवालयले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका उपनेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरको सांसद पद निलम्बन फुकुवा भएको जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका क्रममा आर्थिक हिनामिना भएको आरोपमा उपनेता ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारका अनुसार ठाकुर तत्कालीन डी एन्ड एन बिल्डर्स प्रालिको प्रबन्ध निर्देशक रहँदा कार्य अनुभव कागजात संशोधन गरी सात दिनको म्याद थप गरेर ठेक्का लिएको र त्यसक्रममा अनियमितता भएको आरोप लगाइएको थियो । आयोगले उहाँविरुद्ध छ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना माग गरेको थियो ।

तर सोही मुद्दामा सुनुवाइपछि विशेष अदालतले ठाकुरलाई आरोपबाट सफाइ दिएको छ । अदालतको मिति २०८२ माघ २५ गतेको फैसला बमोजिम उहाँ निर्दोष ठहरिएपछि प्रदेश सभा सचिवालयले निलम्बन स्वतः फुकुवा भएको जनाएको हो ।