• १३ माघ २०८२, मङ्गलबार

लेखक निर्दोष जीजनको ‘प्रेमको सुगन्ध’ प्रकाशन हुने

blog

वसन्त पराजुली
नारायणगढ माघ १३ गते । 
लेखक निर्दोष जीवनको मुक्तक संग्रह  ’प्रेमको सुगन्ध’   प्रकाशनमा आउने भएको छ । गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको  मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको लेखक जीवनले जननकारी दिनुभयो । लेखकको यो कृति नवौं कृति हो ।

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने उहाँ तीनवटै विधामा सक्रिय हुनुहुन्छ । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गर्नुभएका निर्दोष जीवनको ‘आशीर्वादझ (गीत, मुक्तक र हाइकूसङ्ग्रह)’ पहिलो कृति हो । नयाँ जीवनझ, प्रार्थनाझ, मैयाँझ, कोर्राको चोटझ, फस्ट लभझ, प्रिय साथीझ, मेरो गीतझ र नोष्टाल्जियाझ गरी नौ वटा कृति प्रकाशित भइसकेका छन् ।