शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १२ गते । बार्सिलोना पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली रियल ओभिएडोलाई ३–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो ।
सबै गोल दोस्रो हाफमा सम्भब भएको एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन ड्यानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गर्नुभयो ।
जितसँगै बार्सिलोनाले २१ खेलबाट ५२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलको समान खेलबाट ५१ अङ्क छ । पराजित ओभिएडो १३ अङ्कसहित अन्तिममा छ ।
आइतबार राति नै भएको अन्य खेलमा एट्लेटिको मड्रिडले रियाल मार्लोकालाई ३–०, डिपोर्टिभो अलाभेसले रियाल बेटिसलाई २–१ र रियाल सोसिडाडले सेल्टा भिगोलाई ३–१ गोलले हराएको छ । एजेन्सी