शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ११ गते । चितवनको सौराहामा ‘जङ्गल सफारी क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।
इभेन्ट्स दरबार प्रालिले आगामी फेब्रुअरी २० देखि २२ तारिखसम्म सौराहाको ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो । सन् २०१९ देखि ‘जङ्गल क्रिकेट’ को नामबाट सुरु भएको यो प्रतियोगिता यस पटक नयाँ स्वरुपमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेलकुदसँगै कर्पोरेट नेटवर्किङ, मनोरञ्जन र पर्यटनलाई एकैसाथ जोड्ने लक्ष्य यस प्रतियोगिताले राखेको छ । प्रतियोगितामा बैंक, वित्तीय संस्था, आईएनजीओ र कूटनीतिक नियोगका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विगतका संस्करणमा कर्पोरेट क्षेत्रबाट पाएको सकारात्मक प्रतिक्रिया र प्रायोजकहरूले प्राप्त गरेको ‘ब्रान्ड माइलेज’ का कारण यस पटकको संस्करण अझै परिष्कृत हुने आयोजक इभेन्ट्स दरबारले जनाएको छ ।