• ३ माघ २०८२, शनिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

लीलाराज खड्का 
बिर्तामोड, माघ ३ गते ।
बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार राति करिब ८ः१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकल चालक भद्रपुर ७ बस्ने ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते हुनुभएको थियो ।

घाइते निरौलालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारका क्रममा राति ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।