• ३ माघ २०८२, शनिबार

आञ्चलिक सुवास–मित्त्यारी

blog

समाजका ‘अग्र्यानिक’ विषयवस्तुहरू विलीन हुँदै छन्, मासिँदै छन् । त्यसलाई देखाउने, प्रकटीकरण गर्ने जिम्मेवारी सर्जकहरूको पनि हो । आजभन्दा एकदुई दशकअघिका रचनामा आञ्चलिकताको स्वाद पाठकले राम्ररी रसास्वादन गर्दै आएका हुन् तर अचेल त्यस्ता स्थानीयताको सुवास आउने कृतिहरू पाउन मुस्किल हुँदै गइरहेको छ । यस परिस्थितिमा सुदूरपश्चिमको जनजीवनलाई सर्लक्कै उतारेर डा. हरिदत्त पाण्डेयले ‘मित्त्यारी’ कथासङ्ग्रह पाठकसामु ल्याउनुभएको छ । त्यस क्षेत्रको आञ्चलिकता समेटिएको यो कृतिको प्रकाशनले नेपाली साहित्यिक फाँटलाई नै कृत्य कृत्य पारेको छ । यसका लागि कथाकार डा. पाण्डेय धन्यवादका पात्र हुनुहुन्छ, उहाँलाई यस प्रसङ्गमा बधाई भन्नै पर्छ ।

जसले जति धेरै समाज बुझ्यो, जति धेरै क्षेत्रमा विभक्त भयो; उसले त्यति धेरै क्षेत्रका भावभूमि र विषयवस्तुहरूका बारेमा ज्ञान आर्जन गर्न सक्छ । कथाकार डा. पाण्डेय पनि यस्तै बहुविधामा विभक्त भएका व्यक्ति हुनुहुन्छ । उहाँले लामो समयसम्म विभिन्न जिल्लामा सरकारी जागिरका व्रmममा घुम्ने अवसर प्राप्त गर्नुभयो; प्राज्ञिक र बौद्धिक जीवन व्यतीत गर्नुभयो; सिर्जनात्मक क्षेत्रमा रम्न पुग्नुभयो; सांस्कृतिक अभियन्ता बन्नुभयो; समाजसेवा र एउटा जिम्मेवार अभिभावकीय भूमिका निर्वाह गर्दा आफूले गरेका, देखेका र भोगेका अनुभव, अनुभूतिलाई शब्दमा उतारेर एउटा माला गाँस्दै पाठकको गलामा पहि-याइदिनुभएको छ– मिŒयारी कथासङ्ग्रह ।

‘सुखका दाजुभाइ, दुःखका मित’ भन्ने नेपाली आहान नै छ । सुख समृद्धिमा मात्र दाजुभाइ काम लाग्छन् । दुःख परेको बखत चाहिने र सहयोग गर्ने भनेकै मित हो भन्ने आशयसाथ यो कहावत आएको हुन सक्छ । जे होस्, मित लगाउने प्रचलन अचेल धेरै पुरानो र लगभग हराउँदै गएको अवस्थामा छ । केही समयअघिसम्म पनि मित लगाउने चलन अत्यधिक प्रिय र सर्वव्यापी थियो । यसले हाम्रो समाजमा जातीय सहिष्णुता कायम राख्दै भ्रातृत्व र आपसी प्रेम अभिवृद्धि गर्नमा समेत बल पु¥याउने गथ्र्यो । यही विषयवस्तुलाई आधार बनाएर लेखिएका ४० वटा कथामध्ये मित्त्यारी कथालाई कथाकारले सङ्ग्रहको शीर्षक चुन्नुभएको छ । 

सृष्टिको प्रारम्भ जब सुरु भयो, तबदेखि नै कथाको पनि जन्म हुन पुग्यो । अतः सृष्टि जति पुरानो छ, कथाले पनि त्यति नै लामो यात्रा पूरा गरिसकेको मानिन्छ । लोककथा, वैदिककथा, नीतिकथा, पौराणिककथा, उत्तरवैदिककथा, काल्पनिककथा, दन्त्यकथाहरू सुन्ने–भन्ने प्रचलन सायद यसको पृष्ठभूमि हो । आज आएर यसको स्वरूप र प्रवृत्ति देश, काल, परिस्थिति अनुसार बदलिँदै जानु स्वाभाविक हो । हाम्रो देशको भूगोल, परिवेश, वातावरण, भाषागत व्यवहारले स्थानगत विविधताहरू जन्माएको छ । यस सङ्ग्रहका अधिकांश कथा सुदूरपश्चिमेली समाजका घटनाव्रmम र विषयवस्तुमा आधारित छन् । यहाँको जनजीवन र पात्रपात्राहरूले भोग्नु परेको घातप्रतिघात, समयले हानेका थप्पड, पीडाका घाउ र व्यथा, उनीहरूको जीवन भोगाइ, त्यहाँको वैभव र संस्कृतिलाई बढी प्राथमिकताका साथ अगाडि ल्याइएको छ । 

विसं २०८१ को शिशिरयाममा लेखेर तयार पारिएका कथाहरूलाई यो सङ्ग्रहमा आबद्ध गरिएको छ । यसमा सङ्गृहीत कथाहरू सन्देशमूलक छन् । यी कथाहरू न पूर्ण कथा हुन् न त लघुकथा नै हुन् । यिनीहरूलाई छोटा छोटा कथा भन्न सकिन्छ । छोटा कथा भए पनि यी आफैँमा पूर्ण छन् । कथाहरू सरस छन्, सरल छन्, बोधगम्य छन् । झिनो वा सामान्य विषयवस्तुलाई पनि भावपूर्ण, प्रवाहपूर्ण पार्न कथाकार खप्पिस देखिन्छन् । यसमा विदेश पलायन, बढ्दो सहरीकरण, उजाड गाउँबस्ती, जातिपातिको चरम विभेद, छुवाछुत, अन्धविश्वास, गरिबी र बेथिति जस्ता विषयवस्तुलाई जल्दोबल्दो रूपमा उठाइएको छ । प्रत्येक कथामा समस्या देखाइएको छ; साथसाथै त्यसलाई हटाउने प्रतिबद्धता, सामथ्र्य, चेतना र समाधान पनि त्यहीँका तिनै पात्र, भाव वा चरित्रले देखाउँछन् । यो उहाँको विशेषता हो, सकारात्मक पक्ष पनि हो । 

प्रज्ञाद्योतित मनीषी, सच्चरित्र र सद्गुणका निर्मल स्तम्भका रूपमा बेदाग स्वपहिचान बनाएका डा. हरिदत्त पाण्डेय जस्ता छन्; उहाँका कथाहरू पनि त्यही सोच र प्रवृत्तिका छन् । उहाँका कथाहरूमा इमानको सन्देश पाइन्छ । स्वाभिमान र राष्ट्रभक्ति छताछुल्ल छ । यसका चरम नमुना बोकेका केही कथा पढ्दा त लाग्छ, त्यो कथाका पात्र स्वयं कथाकार नै हुन् । कतै उहाँले आफ्नै जीवनकहानी त लेख्नुभएको होइन ? त्यसमाथि डोट्याली समाजमा प्रचलित ठेट स्थानीय शब्द र भाषाहरूको प्रयोगले कथालाई अझ जीवन्त र सशक्त बनाएको प्रतीत हुन्छ ।

स्रष्टा सर्जकहरू कोही नयाँ पुराना वा जेठा कान्छा हुँदैनन् । सव्रिmय र सिर्जनशील स्रष्टाहरू एउटै बाटोमा सँगसँगै हिँडिरहेका हुन्छन्– निरन्तर । कलमको हतियार लिएर समाजको अन्धकार र बेथितिलाई चिर्ने मसाल लिएर उनीहरू उज्यालो छर्दै यात्रारत छन् । अतः उनीहरू उमेरले बुढा वा तन्नेरी हुन सक्लान् तर भावना, विचार र कर्मले सदैव युवा नै भइरहेको प्रतीत हुन्छ । ७० बर्से कथाकार पनि त्यही लहरमा उभिएर यात्रा तय गरिरहनुभएको छ । 

लामो समय निजामती प्रशासनमा रहेर राष्ट्रलाई सेवा गरेपछि अवकाशप्राप्त जीवनमा सिर्जनाका क्षेत्रमा सव्रिmयतापूर्वक देखा पर्नुभएका कथाकारले ढिलै मात्र भए पनि यसरी साहित्यको माध्यमलाई अख्तियार गर्नु खुसीको कुरा हो । त्यसो त उहाँले योभन्दा अगाडि ११ वटा कृति प्रकाशित गरिसक्नुभएको  देखिन्छ । यो कुनै चानचुने कुरा किमार्थ होइन । नत्र सेवानिवृत्त भएपछि मानिसहरू निष्व्रिmय रहने वा कुनै अनुत्पादक क्षेत्रमा लिप्त हुने जस्ता कार्यमा संलग्न हुन पुग्छन् । कथाकार पाण्डेय भने यस्तो सिर्जनात्मक कार्यमा दत्तचित्त भएर लाग्नु निःसन्देह खुसीको कुरा हो । हामीलाई लाग्छ; लेख्नु एउटा रहर हो, लहड हो, विलासिता हो । आफ्नो मनको एउटा तृप्ति हो तर यो त्यत्ति मात्र किमार्थ होइन । यो त चेतनाको भारी बोकेर ज्ञान बाँड्दै हिँड्ने महŒवपूर्ण कार्य हो ।