• ३० पुस २०८२, बुधबार

नेकपा केन्द्रीय सदस्यमा गुल्मीका १२ जना चयन

blog

रमेश विश्वकर्मा 
गुल्मी, पुस ३० गते ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा गुल्मीका १२ जना चयन हुनुभएको छ । केन्द्रीय सदस्यमा चयन हुनुभएका सबै जनाले पद तथा गोपनीयताको शपथ लिनुभएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कार्यदलका सदस्य अशोक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित नभएका केन्द्रीय सदस्यहरुले भर्चुअल माध्यमबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । यस जिल्लाका सुदर्शन बराल, सिर्जना तरामु, निमबहदुर पाण्डे, वीरबहादुर कार्की, प्रमेश पोख्रेल, बुद्धि जिसी, युवराज केसी, तेजिन्द्र सलामी मगर, श्रीराम महत, राम मल्ल ठकुरी, विष्णु पन्त र कमला विश्वकर्मा केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।