शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ पुस २८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म सात अर्ब ४७ करोड रुपियाँ लगानी भित्रिएको हो । गत आवको सो अवधिमा छ अर्ब तीन करोड रुपियाँ लगानी भित्रिएको थियो ।
गत आवको तुलनामा चालु आवको पाँच महिनामा एक अर्ब ४४ करोड रुपियाँ लगानी बढेको हो । सरकारले नीतिगत सुधारसँगै वैदेशिक लगानीमा सुधार वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
यस्तै पाँच महिनामा खुँद पुँजीगत ट्रान्सफर सात अर्ब छ करोड रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ५० करोड रुपियाँ खुद पुँजीगत ट्रान्सफर भएको छ ।