• २८ पुस २०८२, सोमबार

पाँचथरबाट रास्वपाबाट प्रतिनिधि सभा उम्मेद्वारमा थाम्सुहाङ सर्वसम्मत

blog

महेन्द्र विक्रम थाम्सुहाङ।

राधा लुइटेल

फिदिम, पुस २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले महेन्द्र विक्रम थाम्सुहाङ (चक्र)लाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने भएको छ।

जिल्ला कार्य समितिको आइबार सम्पन्न बैठकले थाम्सुहाङको नाम एकल सिफारिस गर्दै पाँचथरबाट आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वार टुङ्गो लगाएको हो।

रास्वपा बैठकमा प्रस्तुत भएका नाम र आकाङ्क्षीको भावनालाई सम्बोधन गर्दै थाम्सुहाङको एकल नाम सिफारिस गरिएको जिल्ला सभापति प्रकाश गुरुङले बताउनु भयो।

लामो समयसम्म कम्युनिस्ट राजनीति गर्नु भएका थाम्सुहाङ एक महिना अघि रास्वपा प्रवेश गर्नु भएको हो। उहाँले खेलकुद सम्बन्धी विभिन्न सङ्घ संस्थाको जिम्मेवारी सम्हाली सक्नु भएको छ।