• २७ पुस २०८२, आइतबार

राप्रपाद्वारा आयोजित पृथ्वीजयन्ती समारोहमा प्रधानमन्त्री कार्की सहभागी

blog

प्रधानमन्त्री सुशीला कार्कीलगायत राप्रपाकाे चियापान समारोहमा । तस्बिर : सागर बस्नेत

काठमाडाैं, पुस २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ । 

आइतवार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गर्नुभएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी हुनुभएकाे छ । 

राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पुस २७ गते उहाँको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यकता रहेको जिकिर गर्दै आएको छ ।