• २७ पुस २०८२, आइतबार

महाकाली सन्धि : भ्रम र वास्तविकता लोकार्पित

blog

पुस्तकको विमोचन गर्नुहुँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

भवानीदत्त भट्ट

कञ्चनपुर, पुस २७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले “महाकाली सन्धि ः भ्रम र वास्तविकता” पुस्तकको विमोचन गर्नुभएको छ । 

पार्टीकोे केन्द्रीय कमिटी बैठकको क्रममा अध्यक्ष ओलीले शनिबार पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तकमा महाकालीका विषयमा हालसम्म गरिएका सन्धिहरू समेत राखेर विश्लेषण गरिएको छ । नेकपा (एमाले) कञ्चनपुरका सचिव पल्लवराज भट्टले लेख्नुभएको “महाकाली सन्धि ः भ्रम र वास्तविकता” पुस्तकको विमोचन गर्नुहुँदै अध्यक्ष ओलीले महाकाली सन्धिको विषयमा भ्रममा नपर्न र यस पुस्तकलाई सबैले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । 

पुस्तकमा हालसम्म भएका महाकाली नदीका तीनवटा सन्धिलाई नेपालीमा अनुवाद गरिएको छ । महाकाली बेचिएको, राष्ट्रघाती गरिएको भन्ने भ्रमलाई चिर्न सन्धिको यर्थातता उल्लेख गरिएको छ । 

साथै, पुस्तकमा महाकाली सन्धिमा भएका व्यवस्था ठिक बेठिकबारे खोजी गर्नेभन्दा पनि सन्धिमा हस्ताक्षर गर्ने सांसद र पार्टीहरूलाई दोषारोपण गर्ने गरिएकाले सन्धिमा भएका व्यवस्था र यसका प्रभावबारे वस्तुनिष्ठ विश्लेषण प्रस्तुत गर्ने प्रयास गरिएको 

पुस्तकका लेखक भट्टले बताउनुभयो । 

पुस्तकमा महाकाली नदीको परिचय, भएका सन्धि सम्झौता र मानिसबिचमा छरिएको भ्रमको वास्तविक जानकारी र महाकाली नदीको इतिहास खोजबिन गरी समावेश गरिएको छ ।