शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा (कपिलबस्तु), पुस २७ गते । जिल्लाको शिवराज नगरपालिका –५ चन्द्रौटा हाटबजार अगाडि नालीमा एक पुरुषको शव फेला परेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार नालीमा भेटिएको शवको पहिचान हुन नसकेको बताउनुभयो । शवलाई प्रहरीले नालीबाट बाहिर निकालेको छ ।
शबकोको प्रकृति हेर्दा तीन चार दिन अगाडिको रहेको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।