• ६ पुस २०८२, आइतबार

बार्सिलोनासँग दूरी घटाउँदै रियल

blog

गोल गरेपछि खुसी मनाउँदै रियलका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, पुस ६ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्ष टोली बार्सिलोनासँगको अङ्क दूरी घराउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभियालाई २–० गोलले हरायो ।

घरेलु मैदानमा रियललाई जिताउन  जुड वेलिङ्घमले ३८औँ र केलियन एम्बाप्पेले ८६औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै १८ खेलबाट ४२ अङ्क बनाएको रियल दोस्रो स्थानमा छ ।

रियल शीर्ष टोली बार्सिलोनाभन्दा एक अङ्कले पछि छ । एक खेल कम खेलेको बार्सिलोनाको ४३ अङ्क छ । पराजित सेभिया २० अङ्कसहित नवौँ स्थानमा छ । एजेन्सी