गुणबहादुर रोका
सुलीकोट, पुस ६ गते । उत्तरी गोरखाको बेनीघाट–आरुघाट– लार्के सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–३ कालोभीरमा ठुलो ढुङ्गा खस्दा दोभान–जगत सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । कालोभीर क्षेत्रमा ठुलो ढुङ्गा खसेपछि सडकमा जोखिम बढेकाले ब्रेकर प्रयोग गरेर ढुङ्गा फुटाउनु पर्ने भएकाले दोभान – जगत सडक तीन दिनदेखि पूर्ण रुपमा अवरुद्ध भएको हो ।
हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका पुग्ने मुख्य सडक भएकाले कालोभीर क्षेत्र पहिल्यै देखि जोखिम पूर्ण ठाउँ त्यसमाथि शुक्रबार बेलुका माथिबाट ठुलो ढुङ्गा सडकमा खसेपछि सबारी आबगमनामा पूर्णरुपमा ठप्प भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
कालोभीरको साँघुरो सडकमा अत्यन्तै ठुलो ढुङ्गा खसेको छ, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘ढुङ्गा ठुलो र जोखिमपूर्ण भएकाले सामान्य मेसिन प्रयोग गरेर हटाउन सम्भब नभएपछि पालिकाले सडक खुलाउन ब्रेकर झिकाउन पर्ने भएकाले केहि दिनमै ढुङ्गा फुटाएर सडक सुचारु गरिने उहाँले बताउनुभयो ।’’
गाउँपालिकाले सडक खुलाउन आवश्याक तयारी गरिरहेकाले आन्तरिक तथा बाह्रय र्पटकहरुलाई दोभान–जगत सडक खण्डमा यात्रा नगर्न भन्दै पालिकाले आवश्याकताका आधारमा वैकल्पिक मार्गबाट यात्रा गर्न सूचना निकालेर आग्रह समेत गरेको छ ।
यो सडक खण्ड उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य सडक भएकाले अवरोधले दैनिक जिवनमा प्रत्यक्ष असर पारेको जगतका स्थानीयले बताएका छन् ।
उत्तरी गोरखामा खाद्यान्न, निर्माण सामग्री, औषाधी तथा अन्य आवश्याक सामग्रीको ढुवानीमा समस्या भएको बताइएको छ भने साथै बिरामी तथा आपतकालिन सेबामा समेत कठिनाई उत्पन्न भएको स्थानीयको गुनासो छ ।
सडक मार्ग खुलाउन पालिकाले प्रयास गरेतापनि ठुलो ढुङ्गा जेसिबीले असम्भव भएपछि ब्रेकर झिकाउदाँ अलि ढिला भएकाले अबको केहि दिनमै सडक सुचारु गरी सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।