मनिला, मङ्सिर २६ गते । भारतमा कम आए भएका महिलाको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी)ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल)सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।
जसले भारतमा कम आय समूहका महिलाका लागि सूक्ष्म, साना र मध्यम आकारका उद्यम र व्यवसायमा पहुँच विस्तार गर्न सघाउने अपेक्षा गरिएको छ । महिला उधारकर्ताका लागि कम्पनीको ऋण पोर्टफोलियो बढाउने उद्देश्यले यस ऋणलाई परियोजनाको कोषका लागि प्रयोग गरिने बैङ्कले जनाएको छ ।
कोष अन्तर्राष्ट्रिय मापदण्डसँग जोडिएको सामाजिक वित्त ढाँचा अन्तर्गत तैनाथ गरिने छ, जुन एडीबी प्राविधिक सहयोगमार्फत बाह्यरूपमा प्रमाणित हुने छ । यसले एफबिएफएललाई अनुकूल ग्राहक संलग्नता, डिजिटल वित्तीय साक्षरता कार्यक्रम, र समावेशी कार्यस्थल प्रशिक्षणसहित यसको सञ्चालन भित्र लैङ्गिक-उत्तरदायी अभ्यास समावेश गर्न सहयोग गर्ने छ ।
“भारतमा महिला उद्यमी, विशेष गरी कम आय वर्गका महिला उद्यमीले आर्थिक अभाव, अनौपचारिक आय स्रोत र सीमित वित्तीय साक्षरता जस्ता प्रणालीगत अवरोधको सामना गर्दै आएको भारतका लागि एडीबीका कन्ट्री डाइरेक्टर मियो ओकाले बताउनु भएको छ । एफबिएफएलले मुख्य सहर र त्यसभन्दा बाहिर महिला उधारकर्तालाई सहयोग गर्ने लगायत कम सेवा प्राप्त क्षेत्रको सेवा गर्न वित्त प्रदान गर्दछ भने कम्पनीले भारतमा ७०० भन्दा बढी शाखामार्फत चार लाख भन्दा बढी उधारकर्तालाई सेवा दिँदै आएको छ । रासस/सिन्ह्वा