• २६ मङ्सिर २०८२, शुक्रबार

वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ सय विद्यार्थीको पढाइ अवरुद्ध

blog

खैबर पख्तुनख्वा (पाकिस्तान), मङ्सिर २६ गते । पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भएपछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।  

द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरेअनुसार अज्ञात आक्रमणकारीले खुशाली गाउँको अयाज कोट क्षेत्रको उक्त विद्यालयमा विस्फोट गराउँदा विद्यालयको संरचना भग्नावशेषमा परिणत भएकाले शैक्षिक गतिविधि रोकिएको जनाइएको छ । जिल्ला शिक्षा विभागका अधिकारीलाई उदृत गर्दै सयौं विद्यार्थीका लागि महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा सेवा दिँदै आएको यस क्षेत्रको एक मात्र विद्यालय विस्पोटले क्षतिग्रस्त भएको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । 

विस्फोटपछि, अधिकारीले क्षतिग्रस्त भवनलाई बन्द गरेर अस्थायी स्थानमा कक्षा पुनः सुरु गर्न वैकल्पिक व्यवस्थाबारे विचार गरिरहेको बताएका छन् । अभिभावकले बालबालिकाको भविष्य निर्माण स्थललाई आक्रमणकारीले जानाजानी तोडफोड गर्ने प्रयासको गरेकोमा शोक तथा आक्रोश व्यक्त गरेका छन् । यस घटनाले सार्वजनिक संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारलाई झक-झकाएको छ भने अहिले सम्म कुनै समूहले विस्पोटको जिम्मेवारी लिएको छैन ।

जिल्ला प्रशासन कार्यलयले बम विस्फोटलाई “शिक्षा विरोधी कार्य” भन्दै निन्दा गरेको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । अधिकारीले दोषीलाई पक्राउ गरी चाँडै न्यायको आभास गराउने जनाएका छन् भने प्रहरीले विस्फोट स्थलबाट प्रमाण सङ्कलन गरेको छ । द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरेअनुसार प्रारम्भिक मूल्याङ्कनले विस्पोटक उपकरणले टाढाबाट वा टाइमर संयन्त्रको माध्यमबाट विस्फोट गराएको सुझाब दिएको छ । रासस/एएनआई