शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १९ गते । फागुन २१ गतेको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय छलफल गर्नु भएको छ ।
निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोग, दलका नेता, जेनजी अगुवासँगै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नु भएको हो । शुक्रबार साँझ बालुवाटारमा प्रधानमन्त्रीले निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल गर्नु भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
छलफलमा प्रधानमन्त्री कार्की, मन्त्रीपरिषद् सदस्यसँगै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमाले महासचिव शङ्कर पोखरेल, रास्वपा नेता शिशिर खनाल, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको छ ।