• १९ मङ्सिर २०८२, शुक्रबार

आगलागी हुँदा करिब ९० लाखको क्षति

blog

स्थानीय सन्तोष साहुको घरमा लागेको आगो निभाइँदै ।

लीलाराज खड्का 

बिर्तामोड, मंसिर १९ गते । झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ । 

बिहीवार राति ८ः ३५ बजेको समयमा साहुको २ तले घरको तल्लो तलामा रहेको हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगालागी भएको थियो । २ वटा सर्टर जलेर पूर्णतः ध्वस्त भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

आगलागी इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपलिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल स्थानीयवासी लगायातको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । 

आगलागीबाट पसलभित्र रहेको सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट लगायातको सामग्रीहरु जलेर करिब ९० लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।