• १८ मङ्सिर २०८२, बिहिबार

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

blog

बागलुङ नगरपालिका–८ सिगानामा दुर्घटना भएको जीप। तस्बिर सौजन्य : खेमराज गौतम।

नवराज नेपाली 

बागलुङ, मंसिर १८ गते।  बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दुईको अवस्था चिन्ताजनक छ। 

बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको  ग ३ च ४८३४ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्। 

जीप चालक र एक यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो।