• १८ मङ्सिर २०८२, बिहिबार

विराटनगरबाट अवैध नगदसहित एक जना पक्राउ

blog

बरामद भएको रकम । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 
विराटनगर, मङ्सिर १८ गते ।
प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो ।

साहको साथबाट प्रहरीले ६ लाख ४९ हजार पाँच सय रुपियाँ नेपाली नोट बरामद गरेको छ । को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला परेपछि पक्राउ गरेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।