• १७ मङ्सिर २०८२, बुधबार

‘मुसहर समुदायलाई मृत्युभोज गर्न ऋण लिनु पर्दैन’

blog

लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरी किरीयामा बसेका श्यामदेव सदायलाई खाद्यान्न राहत दिनुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, मङ्सिर १७ गते । लहान नगरपालिकाका मुसहर समुदायको मृत्यु भएपछि लहान नगरपालिकाले दाउरा नगद र खाद्यान्न सहयोग गर्न थालेपछि मृत्युभोजको लागि साहु महाजनसँग ऋण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

मुसहर समुदायको मृत्यु भएको खबर पाउनासाथ मृत्यु भोज गर्न साहु महाजनसँग ऋण काढनु नपरोस् त्यसको लागि एक क्विन्टल चामल, पाँँच किलो दाल, पाँच किलो नुन, पाँच लिटर तेल नगरपालिकाले दिन थालेपछि राहत महसुस भइरहेको लहान–१ की सोनिया सदायले सुनाउनुभयो । 

मुसहर समुदायको मृत्यु भएपछि लाश जलाउन दउरादेखि भोज स्वजातीय भोज गर्न साहु महाजनसँग ऋण लिएर वर्षभरी कृषि मजदुरको रुपमा खेतमा काम गरेर तिर्नुपर्ने अवस्थाको लहान नगरपालिकाले मुक्त गरेपछि राहत पाएको लहान–१३ का बौका सदायले खुसी व्यक्त गर्नुभयो । 

स्थानीय सरकार दलित विपन्नको लागि अभिभाकत्वको भूमिका लहान नगरपालिकाले गरिरहेको कार्यबाट देखिएको दलित अभियानकर्मी बिनोद विसुन्केले डभन्दै लहान नगरपालिकाको कामबाट प्ररित भएको बताउनुभयो । 

मुसहर समुदाय र दलित विपन्न परिवारका लागि यस वर्ष लहान नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस वर्षदेखि ५० वर्ष माथिका दलित विपन्नलाई स्वास्थ्य बिमा अभियान पुस महिनादेखि सुरु गर्न लागेका छौ ।’’

लहान नगरपालिकाले आर्थिक सामाजिक शिक्षा र राजनीतिक रुपमा पछि परेका मुसहर समुदायका लागि आवास, शिक्षाको लागि निःशुल्क ट्युशन कक्षा, शैक्षिक सामग्रीको व्यस्थापन लगायको कार्यक्रमहरु ल्याएको नगर प्रमुख चौधरीले बताउनुभयो ।