रानी सामाचारदाता
रानी (मोरङ), मङ्सिर १७ गते । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विराटनगरमा हालै आयोजित एक अन्तव्रिर्mयामा सहभागीले प्रविधिको दुरुपयोगले समाजमा हिंसा र उत्पीडनका नयाँ रूप थपिएको जनाएका छन् ।
गैरसरकारी महासङ्घ मोरङको समन्वय तथा जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा राष्ट्रिय महिला आयोगले गरेको कार्यक्रममा वक्ताले डिजिटल प्रविधिको विकाससँगै त्यसको गलत प्रयोगले महिला, किशोरी र एकल महिला जोखिममा पर्न थालेको बताएका छन् ।
कार्यक्रममा आयोगकी सदस्य कृष्णकुमारी पौडेलले प्रविधिमार्फत मानव बेचबिखनको खतरा बढेको र यस्तो जोखिमबारे घर घरमा पुगेर सचेतना विस्तार गर्न आवश्यक रहेको चिन्ता व्यक्त गर्नुभयो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले सामाजिक सञ्जालका माध्यमबाट प्रलोभनमा पारेर महिलालक्षित अपराध भइरहेकाले कानुनी तथा सामाजिक रूपमा सजगता बढाउनुपर्ने सुझाउनुभयो ।
गैसस महासङ्घ मोरङकी अध्यक्ष विष्णु शर्माले पछिल्लो समय भएको लैङ्गिक हिंसा र मानव बेचबिखनका धेरै घटनामा प्रविधिको दुरुपयोग मुख्य कारण देखिएको बताउनुभयो ।
विराटनगर महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले बालबालिकासम्बन्धी ऐन कानुन अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै विधि सुधारले हिंसा नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गनुभयो ।
अन्तव्रिर्mयामा सहभागी अन्य वक्ताले सीमामा प्राविधिक पूर्वाधार अभाव, पीडितलाई न्याय दिलाउने प्रव्रिmयामा ढिलाइ, एकल महिलाको चुनौती जस्ता विषय उठाउँदै लैङ्गिक हिंसा अन्त्यका लागि शिक्षा, सचेतना र सबै तहको सरकारी, गैरसरकारी संस्थाको समन्वय अपरिहार्य भएको सुझाव दिएका छन् । कार्यक्रममा सामाजिक क्षेत्रमा सव्रिmय विभिन्न संस्थाका प्रतिनिधिले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ ।